दफा १८
सम्पत्ति वा साधनको मूल्याङ्कन
(१) अदालतबाट जफत हुने ठहरिएको सम्पत्ति वा साधन लिलाम बिक्री गर्नु अघि सोको मूल्य निर्धारण गर्न विभाग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले त्यस्तो सम्पत्ति वा साधनको मूल्याङ्कन गर्नु पर्नेछ ।
(क) विभागको महानिर्देशक
(२) विभागबाट लिलाम बिक्री गरिने सम्पत्ति वा साधनको मूल्याङ्कन गर्न देहाय बमोजिमको एक मूल्याङ्कन समिति रहनेछः- - संयोजक
(ख) प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालय - सदस्य
(ग) प्रतिनिधि, सार्वजनिक खरीद अनुगमन कार्यालय - सदस्य
(घ) प्रतिनिधि, महालेखा नियन्त्रकको कार्यालय - सदस्य
(ङ) विभागको लेखा प्रमुख - सदस्य सचिव
(३) उपदफा (२) बमोजिमको मूल्याङ्कन समितिमा मूल्याङ्कन गर्नु पर्ने सम्पत्ति वा साधनको प्रकृतिको आधारमा सम्बन्धित निकाय वा संस्थाको प्रतिनिधिलाई सदस्यको रुपमा आमन्त्रण गर्नु पर्नेछ ।
( ४ ) जिल्ला प्रशासन कार्यालयबाट लिलाम बिक्री गरिने सम्पत्ति वा साधनको मूल्याङ्कन गर्न प्रत्येक जिल्लामा देहाय बमोजिमको एक मूल्याङ्कन समिति रहनेछः-
(क) प्रमुख जिल्ला अधिकारी - संयोजक
(ख) जिल्ला न्यायाधिवक्ता - सदस्य
(ग) तहसिलदार, जिल्ला अदालत -सदस्य
(घ) कोष तथा लेखा नियन्त्रक - सदस्य सचिव
(५) उपदफा (४) बमोजिमको मूल्याङ्कन समितिमा मूल्याङ्कन गर्नु पर्ने सम्पत्ति वा साधनको प्रकृतिको आधारमा सम्बन्धित निकाय वा संस्थाको प्रतिनिधिलाई सदस्यको रुपमा आमन्त्रण गर्नु पर्नेछ ।
(६) उपदफा (२) वा (४) बमोजिमको मूल्याङ्कन समितिले लिलाम बिक्री गर्नु पर्ने सम्पत्ति वा साधनको मूल्याङ्कन गर्दा सम्बन्धित क्षेत्रको विशेषज्ञलाई मूल्याङ्कन समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(७) उपदफा (२) बमोजिमको मूल्याङ्कन समितिको सचिवालय विभागमा र उपदफा (४) बमोजिमको मूल्याङ्कन समितिको सचिवालय सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयमा रहनेछ ।
(८) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल सडीगली जाने तोकिएका सम्पत्ति वा साधनको मूल्याङ्कन विभागको महानिर्देशक वा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गर्नेछ ।